बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

भारतबाट पुनः घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले भने मुल्य नघटाउने

भारतबाट पुनः घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले भने मुल्य नघटाउने

काठमाडौं । भारतबाट पुनः पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयाल निगमलाई मूल्य घटेको सूची पठाएको छ । आईओसीले डिसेम्बर १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो ।

नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्ययाले पेट्रोलिय पदार्थमा मूल्य घटेर आएको जानकारी दिए । ‘पेट्रोल प्रतिलिटर २ रुपैया ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा ,हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र मटिट्तेलमा प्रतिलिटर ८० पैसा मुल्य घटेर आएको छ । ग्यासको भने प्रतिसिलिन्डर ४४ रुपैयाँ मूल्य वृद्धि भएर आएको हो ।’ उनले भने ।

अबको १५ दिनमा निगमलाई ५३ करोड नाफा हुने देखिन्छ । भारतबाट इन्धन ल्याएको पुरानो पैसा र सरकारसँग लिएको ऋणको कारण अहिले तत्कालै पेट्रोलिय पदार्थको मूल्य घट्न सक्ने अवस्था नरहेको उपाध्ययाले बताए । अब निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहको छ । भने, ग्यास प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ घाटा रहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend