बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन शिक्षामन्त्रीको निर्देशन

गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन शिक्षामन्त्रीको निर्देशन

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को विशिष्टिकृत अनुसन्धान केन्द्रको (पर्वतीय हरित अर्थतन्त्र) सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिए ।

“गण्डकी प्रदेश भन्नेवित्तिकै सम्भावना धेरै भएको ठाउँ हो”, उनले भने, “गण्डकी प्रदेशलाई अनुसन्धानको केन्द्र बनाउन मेरो ठाउँबाट आवश्यक पहल हुन्छ, तपाईहरु अनुसन्धान तथा अनवेशणका लागि तयार हुनुहोस् ।” उनले उत्पादित जनशक्तिले जनताको भावनालाई जोड्र अगाडी बढ्दा प्रतिफल आउने बताए ।

विद्यालय शिक्षा, प्राविधिक शिक्षा र उच्च शिक्षालाई जोडेर जाने गरी तयारी भएको बताउँदै ९० दिनसम्म इन्टन्सिपको व्यवस्था बजेटमा गरिएको उल्लेख गरे । उनले १ सय ४० विद्यालयमा गत वर्र्ष र यसवर्ष एक सय विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिएको बताउँदै अनुसन्धानको क्षेत्रलाई फराकिलो बनाउनुपर्ने बताए ।

शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग जोड्दै समाजलाई अर्थतन्त्रको बाटोमा लैजाउनुपर्ने बताउँदै नाष्टले परिणाम आउने गरी काम गर्न निर्देशन दिए । नाष्टले सातै प्रदेशमा स्थापना गर्न लागेको पर्वतीय हरित अर्थतन्त्र सम्बन्धि कार्यक्रमको शाखा कार्यालय लुम्बिनी विश्वविद्याल, कृषि वन तथा विज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालयमा स्थापना गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend