वुटवल । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले देशको रोग भ्रष्टाचार भएको बताएका छन्। उनले पञ्चायतमा पनि खाने पानि, सडकको माग हुने गरेकोमा अहिले पनि त्यहि समस्या जनताले उठाउन परेको स्मरण गरे।
नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा गरेकने पत्रकार भेटघाटमा नेता भण्डारीले जनताले अझै पनि न्यूनतम विकासका लागि हात फैलाउनुपर्ने अवस्था आउनु भष्ट्राचार नै प्रमुख कारण रहेको बताए। उनले देशमा जताततै दलाल समूहहरू हावी हुँदा बेथिति बढेको बताए।
‘‘देशको रोग हामीलाई थाहा छ। हाम्रो विचार समूहमा धेरैजसो डाक्टर छौं। अब हामी नै निदान गर्छौ,” उनले भने। उनले सरकारको नेतृत्वमा कोजाने भन्दा पनि कस्तो सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको बताए। उनले उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्ने बताए।