बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

दमक । झापाको अर्जुनधारा नगरपालिका वडा नंंः ४ स्थित भाङबारीमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक पाँचथर फिदिम १ का ३५ वर्षीय गंगाराम काफ्लेको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति बागमती प्रदेश ०२–०१८ प ८३८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा काफ्ले गम्भीर घाइते बन्नुभएको थियो । घाइतेको तत्कालै उद्धार गरेर बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा बिर्तामोड पुगेपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटना भएको सोही मोटरसाइकलमा सवार ४० वर्षीय मिलन बस्नेत घाइते भएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend