logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • ज्ञानेन्द्र शाही भन्छन्-संसदको पहिलो बैठकमै एमसीसी र भ्रष्टाचार विरुद्ध आवाज उठाउँछु

    ज्ञानेन्द्र शाही भन्छन्-संसदको पहिलो बैठकमै एमसीसी र भ्रष्टाचार विरुद्ध आवाज उठाउँछु

    5.5K
    Shares
    ज्ञानेन्द्र शाही भन्छन्-संसदको पहिलो बैठकमै एमसीसी र भ्रष्टाचार विरुद्ध आवाज उठाउँछु

    काठमाडौं । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

    निर्वाचित भएपछि पहिलोपल्ट आज शनिबार काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै संसदको पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना एमसीसी र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने बताएका हु्न् । शाहीले आफ्नो ५ वर्षे कार्यकालमा कानुन बनाएर ठूला भ्रष्ट्राचार काण्डका दोषीलाई जेल हाल्ने बताए ।

    ‘अब हाम्रो लडाइ भ्रष्टाचार विरुद्ध, अब हाम्रो लडाई रोजगारी सिर्जना गर्नका लागि हुनेछ’ उनले भने, ‘अहिलेको कानुनले भ्रष्ट्राचार नियन्त्रण भएन । अब ठूलठूला काण्ड मच्चाउनेलाई यो पाँच वर्षभित्र जेल हाल्न सकिएन भनेपनि कठघरामा उभ्याउनेछु ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend