logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सरकार संवेदनशील बन्नुपर्छः मन्त्री रेग्मी

    अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सरकार संवेदनशील बन्नुपर्छः मन्त्री रेग्मी

    2.7K
    Shares
    अपाङ्गता भएका व्यक्तिहरुको सवालमा सरकार संवेदनशील बन्नुपर्छः मन्त्री रेग्मी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन वटै सरकार संवेदनशील बन्नुपर्ने बताएकी छन् । शनिवार अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रेग्मीले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा तीन तहकै सरकारहरु संवेदनशील बनेर काम गर्न जरुरी रहेको बताएकी हुन् ।

    उनले दुर्गम स्थानका शारीरिक अशक्त भएर बसेका व्यक्तिहरुको सेवा प्रवाहमा स्थानीय सरकार बढी जिम्मेवार र संवेदनशील बन्न आवश्यक रहेको बताइन् । उनले संघीय सरकार र प्रदेश सरकारले पनि अपाङ्गता भएका व्यक्तिहरुको सवालमा संवेदनशील भएर र बजेट छुट्याएर काम गर्नुपर्ने बताइन् । मन्त्री रेग्मीले स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरुको सेवा, सुविधामा ध्यान नदिएको गुनासो आएको भन्दै मन्त्रालय गम्भीर बनेको बताइन् ।

    उनले भनिन्, ‘जुम्ला, हुम्लामा हुने अपाङ्गहरुले सहयोगको सामान लिनको लागि काठमाडौं आउनुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ । त्यहाँ नै पु¥याउने अवस्था सिर्जना गर्नुपर्छ । तीन तहकै सरकारले अपाङ्गता भएका व्यक्तिहरुको सवालमा संवेदनशील भएर बजेट छुट्याएर काम गर्नुपर्छ । स्थानीय सरकारले ध्यान नदिएको भन्ने कुरा आयो । मन्त्रालयले स्थानीय निकायलाई कसरी संवेदनशील बन्ने भन्नेबारेमा जोड दिनेछ । अपाङ्ग कोषलाई कसरी बलियो बनाउने भन्नेकुरामा छलफल गर्नेछौँ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend