logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • रेडियोहरु मजर्र गरि विज्ञापन बजार विस्तार गर्न जरुरी छ : प्रमुख निर्वाचन आयुक्त

    रेडियोहरु मजर्र गरि विज्ञापन बजार विस्तार गर्न जरुरी छ : प्रमुख निर्वाचन आयुक्त

    1.5K
    Shares

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरुको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार विस्तार हुनुपर्ने बताएका छन् । एक रेडियोको वाषिकोत्सव समारोहमा उपस्थित हुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरुको वृद्धि सँगसँगै विज्ञापन बजारको पनि विस्तार हुनुपर्ने बताएका हुन् ।

    विज्ञापनको दृष्टिकोणबाट सामुदायिक रेडियोलाई हेर्दा अवस्था भयावह देखिएको उनको भनाई थियो । हालको अवस्थामा रेडियोलाई टिकाउनका लागि २०० प्रतिशतसम्म विज्ञापन वृद्धि हुनुपर्ने उनले बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सामुदायिक रेडियोहरु मर्जरमा नगएमा भविष्य नै अन्योलमा रहेको समेत उल्लेख गरे । गाउँ गाउँमा रेडियो पुगेको भएपनि रेडियोले उत्पादन गर्ने विषयवस्तु भने एउटै हुने गरेको उनले बताए ।

    रेडियोहरु झुकाव र लगावका कारण समस्यामा परेको प्रम्ख आयुक्त थपलियाको ठहर छ । रेडियोहरु कुनै लगावबाट मुक्त भएर स्वतन्त्र हुनुपर्ने उनले बताए । थपलियाले कुनै झुकावमा नलागिकन सञ्चार माध्यमको स्वायत्तता र स्वतन्त्रताको निम्ति सामुदायिक रेडियोहरुलाई निर्दिष्ट गर्न समेत सुझाव दिए ।

    सञ्चार माध्यमले उत्पादन गर्ने विषयवस्तुहरुलाई स्वनियमनको विषय बनाउनुपर्नेमा जोड दिँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल गराउनको निम्ति सञ्चार माध्यमको पनि उल्लेख्य भुमिका रहेको भन्दै प्रशंसा गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend