logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • चुनावमा अन्तर्घात गर्नेहरुको नाम पुष १५ भित्र पठाउनु, कारबाही गर्छौ : कांग्रेस केन्द्रीय अनुशासन समिति

    चुनावमा अन्तर्घात गर्नेहरुको नाम पुष १५ भित्र पठाउनु, कारबाही गर्छौ : कांग्रेस केन्द्रीय अनुशासन समिति

    1.6K
    Shares
    चुनावमा अन्तर्घात गर्नेहरुको नाम पुष १५ भित्र पठाउनु, कारबाही गर्छौ : कांग्रेस केन्द्रीय अनुशासन समिति

    काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते भएको निर्वाचनमा गठबन्धनलाई अन्तर्घात गर्नेहरुको नाम १५ पुसभित्र अनुशासन समितीमा नाम पठाउन आग्रह गरेको छ ।

    आइतबार एक विज्ञप्ति जारी गरी कांग्रेस केन्द्रीय अनुशासन समितिका सचिव प्रेम केसीले चुनावमा पार्टी र सत्ता गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भनी जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीमाथि चाँडै निर्णय गरेर केन्द्रमा पठाउन भनेको हो ।

    यदि जिल्ला र प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरी कारबाहीको निर्णयसहित १५ पुसभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन पनि आग्रह गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend