logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

    नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

    1.4K
    Shares
    नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

    नयाँ दिल्ली । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको हो । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा सडकमा भ्याकुम क्लिनरले सफा गर्ने काममा प्रतिबन्ध लगाइएको बताइएको छ ।

    यहाँको वायु गुणस्तर व्यवस्थापन आयोग, सिएक्युएमले आइतबार प्रकाशन गरेको एक प्रेस विज्ञप्तिमा सो कुराको जानकारी दिइएको हो । उक्त विज्ञप्तिमा वायु प्रदुषणको मात्रा पछिल्ला दिनमा बढ्दै गएको र आइतबार यो मात्रा गम्भीर तहमा पुगेकाले सतर्कता अपनाउन आग्रह पनि गरिएको छ ।

    सो प्रतिवेदनमा नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यसलाई कम गर्नका लागि आवश्यक सबै प्रकारका उपायहरु अपनाउन सरकारसँग आग्रह पनि गरिएको छ ।

    सो आयोगको आइतबार अपराह्न ४ बजेको रिपोर्टमा वायु प्रदुषणको मात्रा (एक्युआई) गम्भीर तह अर्थात् चार सय सातमा पुगेको देखाइएको छ । यो एक्युआई तह दुई सय एक देखि तीन सयसम्म कमजोर अर्थात् खराब, तीन सय एकदेखि चार सयसम्म झन् खराब र चार सय एकदेखि माथि पाँच सयसम्मलाई गम्भीर तह अर्थात घातक मानिएको छ ।

    नयाँ दिल्लीमा प्रायः जाडो समय (नोभेम्बरदेखि फेब्रुअरी) सम्म वायु प्रदुषणको मात्रा बढ्ने गरेको पाइन्छ । यसवर्ष अहिले नै यहाँको प्रदुषणको मात्रा गम्भीर तहमा पुगेकाले यस मौसममा वायु प्रदुषणको मात्रा निकै नै बढ्ने संकेत देखिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend