बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

प्रधानमन्त्री देउवा सन्तनेता भट्टराईको स्मृतिमा आयोजित भागवत महापुराण यज्ञमा सहभागी

प्रधानमन्त्री देउवा सन्तनेता भट्टराईको स्मृतिमा आयोजित भागवत महापुराण यज्ञमा सहभागी

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी भएका छन् ।

सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी भएका हुन् । त्यस अवसरमा उहाँले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गरेका थिए भने सन्त नेता भट्टराईको शालिकमा माल्यार्पण समेत गरेका थिए ।

महायज्ञमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री सरदसिंह भण्डारीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । नेपाली काँग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवम् नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रुपमा लिईन्छ । उनको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend