काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका नवनिर्वाचित सांसद रामहरि खतिवडाले ओखलढुंगाका सबै वडाहरूमो बिद्युत् विस्तार गर्न नेपाल बिद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग आग्रह गरेका छन् । सोमबार प्राधिकरणको कार्यालय, रत्नपार्क, काठमाडौंमा घिसिङसँग भेट गरेर खतिवडाले ओखलढुंगाका धेरै वडाहरू अन्धकार रहेको भन्दै सबै वडामा बिद्युतको प्रसारण लाईन बिस्तार गर्न आग्रह गरेका हुन् ।
कांग्रेस नेता खतिवडाले उज्यालो ओखलढुंगाको लागि गरेको चुनावी प्रतिबद्धताअनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग ओखलढुंगाका ७५ वटै वडाहरूमा उज्यालो बनाउन आग्रह गरेका हुन् ।
कार्यकारी निर्देशक घिसिङले आफू काम गर्नका लागि आएको भन्दै ओखलढुंगाका जनताको मागलाई पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । घिसिङले क्रमशः सबै वडाहरूमा बिद्युत् पु¥याउने उल्लेख गरेको खतिवडाका स्वकीय सचिव राईले बताए ।
ओखलढुंगाको खिजीदेम्बामा केन्द्रीय बिद्युत प्रसारण लाईन पुगेको छैन ।
नेता खतिवडाले आफू निर्वाचित भएको प्रमाण पत्र लिने बित्तिकै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई भेट्न आएको भन्दै १ वर्षभित्र सबै वडाहरूमा विद्युत् बिस्तार गर्न आग्रह गरेका छन् ।
खतिवडाका स्वकीय सचिव हुकुम राईका अनुसार खतिवडासहित प्रदेश सांसदद्वय प्रदीप सुनुवार र बाबुराम गौतमसहितका नेताहरू प्राधिकरणमा गएका थिए ।