
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकताबारे छानबिन गर्दै गृह मन्त्रालयदेखि निर्वाचन आयोगमा उजुरी दिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले आफ्नो ज्यानमाथि खतरा बढेको भन्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । लामिछानेको नागरिकताको विषयमा निवेदन हालेदेखि नै आफूमाथि उच्चस्तरको सुरक्षा खतरा उत्पन्न भएको भन्दै आफ्नो सुरक्षा माग गर्दै गृहमन्त्रालयमा निवेदन गरेका हुन् ।
जिउ ज्यानको सुरक्षा माग गर्दै मन्त्रालयमा बुझाइएको निवेदनमा भनिएको छ, ‘सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर लगायतबाट ज्यान मार्ने सम्मको धम्की आउने क्रममा बढेको छ । विशेषतः रवि लामिछानेका समर्थक ,शुभचिन्तकबाट मेरो जिउ ज्यान ,मान ,सम्मान र प्रतिष्ठामा सुरक्षा थ्रेट आएको छ । आवश्यक कामको लागि बाहिर निस्कन समेत सुरक्षा चुनौतीका कारण समस्या भएकोले सो मुद्दा किनारा नलाग्दासम्म मलाई सुरक्षा व्यवस्था गराई दिनु यो निवेदन पेस गरेको छु ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend