logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • मौलिक संस्कृतिलाई बिर्सिए पाश्चात्य संस्कृतिको हाबी हुन्छः मन्त्री रेग्मी

    मौलिक संस्कृतिलाई बिर्सिए पाश्चात्य संस्कृतिको हाबी हुन्छः मन्त्री रेग्मी

    1.4K
    Shares
    मौलिक संस्कृतिलाई बिर्सिए पाश्चात्य संस्कृतिको हाबी हुन्छः मन्त्री रेग्मी

    काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । भृकटीको शालिक निर्माण गरी आजबाट भृकुटी फन पार्क उद्घाटनका साथै शालिक अनावरण गरिएको हो ।

    शालिक अनावरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरेकी थिइन् । शालिक अनावरणपछि बोल्दै मन्त्री रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताइन् । उनले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको पनि बताइन् । मन्त्री रेग्मीले संस्कृतिलाई बिसिर्न थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने भएकाले राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न आग्रह गरिन् ।

    उनले भनिन्, ‘संस्कृतिलाई हामीले जगेर्ना गर्ने हो भने संस्कृति मासिन्छ । राष्ट्रिय विभूतिहरुलाई चिनाउनु हाम्रो कर्तव्य हो । संस्कृतिलाई बिसिर्न थाले हाम्रो देशमा पाश्चात्य संस्कृतिको मात्रै पेलेर अघि बढ्छ । त्यसैले विभूतिको सम्झनामा ग्रन्थहरु लेख्नुपर्छ । चिनाउने गर्नुपर्छ । हरेक संस्कृतिको धरोहरहरुको खोजि गरेर आफ्नो संस्कृतिको खोजि गर्नुपर्छ ।’

    मन्त्री रेग्मीले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण संवद्र्धनमा लाग्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend