बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

धनगढीमा एक युवती मृत फेला

धनगढीमा एक युवती मृत फेला

धनगढी । धनगढीमा एक युवती मृत फेला परेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका–६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया युवती मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत फेला पर्नेमा अस्मिता साउद रहेकी छन्। उनी यहाँ दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्।

भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend