काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक सांसद छान्नुपर्ने हुन्छ ।