logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश होः खेलकुदमन्त्री

    नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश होः खेलकुदमन्त्री

    1.1K
    Shares
    नेपाल खेलको लागि महत्वपूर्ण सम्भाव्यता भएको देश होः खेलकुदमन्त्री

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल खेलको लागि महत्वपूर्ण सम्भावना बोकेको देश भएको बताएका छन् । शनिवारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एशिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटनपछि बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपाल प्राकृतिक विषमताहरु भएको देश रहेको उल्लेख गर्दै नेपालका हिमाल, पहाड र तराईका क्षेत्रहरुमा विश्वका सबै ठाउँमा पाइने हावापानी भएकाले खेलकुदको ठूलो सम्भावना बोकेके देश भएको बताए । उनले भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढाइएको बताए ।

    उनले भने, ‘नेपाल खेलको लागि असाध्यै महत्वपूर्ण स्कोप भएको देश हो । हाम्रा प्राकृतिक विषमताहरु छन्, तराई, हिमाल, पहाडी भूभागहरु छन्, यहाँ विश्वका सबै खालका खेलहरु खेल्नका लागि नेपाल उपयुक्त छ । नेपाल खेलको महत्वपूर्ण सम्भावना भएको देश हो । भक्तपुरको चाँगुनारायण स्थानमा अन्तर्राष्ट्रिय स्तरको रग्बी रंगशाला निर्माण गर्ने प्रक्रिया समेत अघि बढेको छ ।’

    मन्त्री गहतराजले नेपालको भौगोलिक विविधताले खेलकुदका गतिविधिहरु सञ्चालन गर्नेकुरामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरका खेलहरु नेपालमा खेलाउन पनि आग्रह गरे ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend