शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

बीमा प्राधिकरणले वीरगञ्जमा पनि शाखा खोल्ने

बीमा प्राधिकरणले वीरगञ्जमा पनि शाखा खोल्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वीरगञ्जमा पनि कार्यालय खोल्न लागेको छ । यसअघि पनि विभिन्न ठाउँमा क्षेत्रीय कार्यालय खोलेको प्राधिकरणले मधेस क्षेत्रका लागि वीरगञ्जमा शाखा खोल्न लागेको हो ।

सोमबार उद्घाटन हुने जनाइएको उक्त शाखाको उद्घाटनका लागि प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललगायतका पदाधिकारी सो ठाउँ पुगेका छन् । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह पनि सहभागी हुनेछन् ।

नयाँ कार्यालयको जिम्मा कुुसुम शर्मालाई दिइएको छ । यो शाखा सञ्चालनपछि तराई क्षेत्रमा बीमा चेनता र अन्य गतिविधि सञ्चालनमा सहयोग पुग्ने आशा गरिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend