काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यादेश ल्याएर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारमा सहभागी दलका नेताहरूले सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्री देउवा र सरकारमा सहभागी दलका नेताहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थपूर्ति गर्न खोजेको आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्री र सरकारमा सहभागी नेताहरू यति साह्रो अनैतिक र लज्जास्पद बाटो समत्न लालायित नहोऊ । देश र जनताका बीचमा चुनावमा गरेका वाचा यति चाँडै किन भुलेको?,’ रावलले सोमबार बिहान ट्विट गर्दै प्रश्न गरेका छन् ।