logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सानिमा बैंकका ग्राहकले ‘दराज १२.१२’ योजनामा विशेष छुट पाउने

    सानिमा बैंकका ग्राहकले ‘दराज १२.१२’ योजनामा विशेष छुट पाउने

    3.9K
    Shares
    सानिमा बैंकका ग्राहकले ‘दराज १२.१२’ योजनामा विशेष छुट पाउने

    काठमाडौं । सानिमा बैंकले ग्राहकहरूले ‘दराज १२.१२’ योजनामा विशेष छुट पाउने भएका छन्। योजना अवधिभर ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

    ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम १२ सय १२ रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ।

    यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिने बैंकले बताएको छ। छुटका लागिग्राहकहरूले दराजको एप वा वेबसाइटबाट लगइन गरी दिउँसो २ देखि ३ बजेसम्म बैंक भौचर संकलन गरी खरीद गर्नु पर्नेछ।

    यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी (इएमआई) सुविधा पनि प्राप्त गर्न सक्नेछन्। यो योजना २०७९ मंसिर २६ गतेदेखि पुस ३ गतेसम्म ७ दिनका लागि लागू हुने बैंकको भनाइ छ। बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम सञ्चालनमा रहेका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend