logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    1.3K
    Shares
    नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १६.९५ अंकले बढेर १९०२.२७ विन्दुमा पुगेको छ।

    यस दिन कारोबार रकम भने केहि बढेको छ। सोमबार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर कारोबार भएको छ।

    सोमबार सिवाइसी लघुवित्त र समिट लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने नेपाल दुरसञ्चार कम्पनीको ७.४६ प्रतिशत, धौलागिरी लघुवित्तको ६.०८ प्रतिशत र आदर्श लघुवित्तको ६.०८ प्रतिशतले बढेको छ।

    यता मैलुङ्ग खोला हाइड्रोपावरको शेयरमूल्य ५.७१ प्रतिशतले घटेको छ भने नबिल बैंकको ३.६६ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको २.२१ प्रतिशत र अजोड इन्स्योरेन्सको १.९५ प्रतिशतले घटेको छ।

    यस दिन नबिल बैंकको सबैभन्दा धेरै २१ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टको ६ करोड २१ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ३५ लाख र एनआइसी एशिया बैंकको ४ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    सोमबार कारोबारमा आएका १३ उपसमूहमा बैंकिङ्ग बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend