logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मानव अधिकार हनन् हुन नदिन आफैं सचेत हुनुपर्छः तपबहादुर मगर

    मानव अधिकार हनन् हुन नदिन आफैं सचेत हुनुपर्छः तपबहादुर मगर

    3.2K
    Shares
    मानव अधिकार हनन् हुन नदिन आफैं सचेत हुनुपर्छः तपबहादुर मगर

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसायीहरुलाई मानव अधिकार हनन् हुन नदिन सचेत रहन आग्रह गरेका छन् । व्यवसायिक घरानाहरुबाट पनि मानव अधिकार हनन्का घटना हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न उनीहरु आफैं सचेत हुनुपर्ने उनको भनाई थियो ।

    मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष मगरले मानव अधिकार हनन् हुन नदिने काममा खवरदारी गर्न सम्बन्धित पक्ष बढि सक्रिय हुनुपर्ने समेत स्पष्ट पारे । उनले हरेक क्षेत्रको कानुन बनाएर मानव अधिकार हनन् हुन नदिन सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । उनले भने, ‘कुनै पनि किसिमले मानव अधिकार हनन् नहोस् भनेर व्यवसायीहरुले पनि जिम्मेवार हुनु प¥यो । उनीहरुले पनि मानव अधिकारको सम्मान गर्नु प¥यो । कानुन बमोजिम गर्नु प¥यो । कानुनभन्दा बाहिर जानु भएन । सरकारले पनि व्यक्तिको मानव अधिकार हनन् भएको छ भने त्यसतर्फ विजनेश हाउसहरु पनि सतर्क हुनु प¥यो । हामी सिविल सोसाईटी भईहाल्यौ । मानव अधिकार हनन् हुन नदिन मानव अधिकारबादीहरुले पनि खवरदारी गर्नु प¥यो ।’

    अध्यक्ष मगरले उपभोक्ताको मानव अधिकार हनन् हुन नदिनका लागि सरकारले आवश्यक नीतिगत र कानुनी व्यवस्था गर्न ढिलाई गर्न नहुने दोहो¥याए । उनले व्यवसायीहरुले मानव अधिकारको सम्मान नगरे कारबाही हुने कानुनी प्रबन्ध रहेको पनि स्मरण गराए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend