बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा गरिंदै

लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा गरिंदै

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने भएको छ ।

आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गर्ने कार्यक्रम छ । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा हुनेछ ।

औपचारिक समारोहलाई प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । स्थायी राजधानीबाट प्रदेश सरकारको कार्य सञ्चालन सुरु भएको खुसियालीमा स्थानीय कलासंस्कृति झल्किने झाँकीसमेत प्रदर्शन गरिनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend