सोलुखुम्बु । सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलु दूधकुण्ड नगरपालिका–३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय राम प्रकाश मगरको हिजो (मंगलबार) मृत्यु भएको हो ।
बेलुका राम्रैसँग सुतेका मगरको हृदयघातका कारण ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ ।
मगर केही दिनदेखि ब्लड प्रेसरका कारण सामान्य बिरामी रहेको परिवारले जनाएको छ ।