logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • फिफा विश्वकपमा आज दोस्रो सेमिफाइनल

    फिफा विश्वकपमा आज दोस्रो सेमिफाइनल

    1.4K
    Shares
    फिफा विश्वकपमा आज दोस्रो सेमिफाइनल

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधवार) हुँदैछ । दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिष्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ ।

    साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा छन् । यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराएको थियो ।

    यता, मोरक्को पहिलो पटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो । फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ । दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend