logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • झारफुकको बहानामा जबरजस्ती करणी गर्ने धामी पक्राउ

    झारफुकको बहानामा जबरजस्ती करणी गर्ने धामी पक्राउ

    1.6K
    Shares
    झारफुकको बहानामा जबरजस्ती करणी गर्ने धामी पक्राउ

    कपिलवस्तु । कपिलवस्तुमा झारफुकको बहाना गरी जवरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरीका २७ वर्षीय पप्पु हरिजनलाई प्रहरीले पक्राउ गरेको हो ।

    हरिजनले यहि मंसिर २० गते २७ वर्षीय एक युवतीलाई झारफुक गर्ने निहुँमा जवरजस्ती करणी गरी फरार भएका थिए । पीडित युवतीको जाहेरीपछि हरिजनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । विरामी रहेकी ती युवतीलाई हरिजनले रातको समयमा झारफुक गरे ठीक हुने भन्दै जवरजस्तीकरणी गरेको पीडित युवतीले जाहेरीमा उल्लेख गरेकी छन् ।

    इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपकबाबु केसीका अनुसार पक्राउ परेका हरिजन लामाधामी गर्दै आएका व्यक्ति हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend