काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत वर्ष २०७८–७९ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ४% बोनस सेयर र कर प्रयोजनका लागि ०.२१% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र गुराँसको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
अघिल्लो वर्ष भने कम्पनीले १६.९१% बोनस सेयर र ०.८९% नगद लाभांश वितरण गरेको थियो ।