बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आगामी निर्वाचन कास्कीबाट लड्न सक्छु : प्रचण्ड

आगामी निर्वाचन कास्कीबाट लड्न सक्छु : प्रचण्ड

कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका छन् । बुधबार आफै जन्मेको कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १ को श्री महेन्द्र आधारभूत विद्यालयको हीरक जयन्ती महोत्सवमा पुगेर प्रचण्डले आउँदो निर्वाचन कास्कीबाट लड्ने संकेत गरेका हुन् ।

उनले आफू अहिलेसम्मका निर्वाचनमा फरक–फरक क्षेत्रबाट चुनाव लडेको भन्दै अर्को पटक कास्कीबाट लड्नसक्ने सुनाए ।

‘मैले पहिलोपटक काठमाडौं र रोल्पाबाट निर्वाचन लडें । दोस्रोपटक मधेशबाट लडें । यसपछि फेरि चितवनबाट लडें अहिले गोरखाबाट चुनाव जितेर आएको छु,’ प्रचण्डले भने, ‘मलाई लाग्छ समय भनेजस्तो भयो भने अर्को पटक कास्कीबाट पनि चुनाव लड्न सक्छु ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend