logo

२०८१ माघ ३ बिहिबार

logo
  • बिहिबार, ३ माघ २०८१
  • शिवम् सिमेन्टले घोषणा गर्‍यो लाभांश

    शिवम् सिमेन्टले घोषणा गर्‍यो लाभांश

    1.6K
    Shares
    शिवम् सिमेन्टले घोषणा गर्‍यो लाभांश

    काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत नगद लाभांश (कर सहित) लाभांश दिने घोषणा गरेको हो।

    प्रस्तावित उक्त लाभांश कम्पनीको आगमी सातौं साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउँनेछन्। उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा समेत बोलाएको छ ।

    सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ। पुस १९ गतेसम्मका कायम सेयरधनीरूले मात्र लाभांश तथा साधारण सभामा भाग लिन पाउँनेछन्। गत वर्ष भने कम्पनीले सेयरधनीलाई २९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। गत वर्षकाे तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend