logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड : देव गुरुङ

    गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड : देव गुरुङ

    2.4K
    Shares
    गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड : देव गुरुङ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गैरराजनीतिक पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाउन खोज्नु राष्ट्रियतामाथि खेलवाड हुने गुरुङले बताएका छन् । अहिले नै राष्ट्रपतिको निर्वाचन गर्ने बेला भई नसकेकाले छलफल गर्नु समेत सान्दर्भिक नहुने उनले बताए ।

    ‘राष्ट्रपतिको निर्वाचन गर्ने समय नभएकाले छलफल गर्नु सान्दर्भिक हुँदैन । अहिले मुलुकमा राष्ट्रियताकै संकट हो । राष्ट्रियताको रक्षा गर्दै मुलुकको रक्षा गर्ने विचारले हो । विचारकै आधारमा पार्टी चल्छ । मुलुकको रक्षा गर्ने अभिभारा वैचारिक रुपमा राजनीतिक पार्टीहरूले हो’ गुरुङले भने, ‘विचारधाराबिना मुलुकको रक्षा गर्न असम्भव छ । यद्यपि राष्ट्रपति दलबाट राजीनामा दिएर स्वतन्त्र भएर हुने आफ्नै खालको मान्यता छ । राजनीतिक पृष्ठभूमि नभएर गैर राजनीतिक खालको कुरा उठेको छ । यस्तो गर्न खोज्नु राष्ट्रियता प्रतिकूलको धारणा हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend