
काठमाडौं । काठमाडौं महानगपालिकाले २८ औं महानगर दिवस मनाएको छ। बसन्तपुर डबलीमा आयोजित २८ औं काठमाडौं महानगर दिवसको उपलक्ष्यमा नेपाल डान्स एकेडेमीले थारू, गुरूङ, नेवारी संस्कृति झल्किने नृत्य प्रस्तुत गरेको थियो।
उक्त कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरी, ललितपुरका मेयर चिरीबाबु महर्जन र काठमाडौं– २ की नवनिर्वाचित सांसद सोविता गौतमको उपस्थिति थियो।
दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend