काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । मर्जर प्रक्रियामा रहेको रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको हाे ।
उक्त कम्पनीको आधारभूत बाहेकका शेयरधनीको शेयर कारोबार बुधबारदेखि नै फुकुवा गरिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जनाएका छन् ।