logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल राष्ट्र बैंकले चार महिनामा २८ खर्ब ३३ अर्ब बढी तरलता सुविधा प्रदान

    नेपाल राष्ट्र बैंकले चार महिनामा २८ खर्ब ३३ अर्ब बढी तरलता सुविधा प्रदान

    1.5K
    Shares
    नेपाल राष्ट्र बैंकले चार महिनामा २८ खर्ब ३३ अर्ब बढी तरलता सुविधा प्रदान

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चार महिनामा वित्तीय बजारमा २८ खर्ब ३३ अर्ब रुपैयाँ बढी तरलता सुविधा प्रदान गरेको छ । बैंकले चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्ममा रिपोमार्फत २ खर्ब ३ अर्ब ८७ करोड, सोझै खरिद बोलकबोलमार्फत ७२ अर्ब २० करोड र स्थायी तरलता सुविधामार्फत २५ खर्ब ५७ अर्ब ४ करोड गरी कुल २८ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ तरलता प्रवाह गरेको हो ।

    अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.१७३६ अर्ब ८४ करोड तरलता प्रवाह गरिएको थियो ।

    समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ५२ करोड खुद खरिद गरी १ खर्ब ९५ अर्ब ८६ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४१ करोड ३४ लाख खुद खरिद गरी ४९ अर्ब ५९ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।

    समीक्षा अवधिमा राष्ट्र बैंकले १ अर्ब ३६ करोड अमेरिकी डलर बिक्री गरी १ खर्ब ७५ अर्ब १६ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३६ करोड अमेरिकी डलर बिक्री गर्दै १ खर्ब ६१ अर्ब ८४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend