बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

शिखर इन्स्योरेन्सले १६.८४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

शिखर इन्स्योरेन्सले १६.८४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति?

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ सम्मको वितरण योग्य नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश गरी कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित उक्त लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्न लागेको हो।

प्रस्तावित बोनस सेयर वितरणपछि कम्क्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ भन्दा धेरै पुग्नेछ। गत वर्ष कम्पनीले २७.७६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश गरी कुल २९.२३ प्रतिशत लाभांश वितरण गरेको थियो।

गत वर्षको तुलनामा यस कम्पनीले लाभांश दर घटाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend