
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। आज बिहान खुमलटारस्थित प्रचण्डनिवासमा दुई शीर्ष नेताबीच छलफल भएको हाे ।
यी दुई शीर्ष नेताबीच सत्ता समीकरण र भावी रणनीतिका बारेमा छलफल भएको हो ।
प्रचण्ड र श्रेष्ठबीचको भेटमा माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण निर्माण गर्नुपर्ने विषयले प्रवेश पाएको छ। भेटमा माओवादी केन्द्रले सत्ता समीकरणको विषयमा एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरेर साथ लिनुपर्नेमा जोड रहेको छ।
माओवादीले पहिलो प्राथमिकता सत्ता गठबन्धनलाई नै दिने तर कांग्रेस सहमतिमा नआएको खण्डमा एमालेलाई साथ लिएर अगाडि बढ्ने तयारीसमेत गरेको माओवादीका एक उच्च नेताले बताए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend