महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि बिहीबार विहारको ग्राम पञ्चायत वस्ने नियन्त्रणमा लिएका थिए ।
भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
न्युज कारखाना