काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले आफू प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्न सक्ने आत्मविश्वास भएको बताएका छन् । काठमाडौंको शंखमुलमा शनिवार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सिंहले आफू प्रधानमन्त्री बन्न पाए देशको कायापलट गर्न सक्ने आत्मविश्वास आफूसँग रहेको बताए ।
प्रधानमन्त्री जनता र आफूले चाहँदैमा बन्न सहज नभएको सिंहको भनाइ थियो। उनले भने, ‘प्राइमिनिस्टर भयो भने त मैले भने नि कन्ट्रीको कायापलटै गर्न सक्ने कन्फिडेन्स ममा छ, यो त तपाईंहरुले मात्रै चाहेर पनि हुँदैन। मैलेमात्रै चाहेर पनि हुँदैन। संसदीय दलको निर्वाचन हुँदैछ। त्यसले निर्भर गर्छ।’
सिंहले आफू मन्त्री भए काठमाडौं–१ का जनताका लागि सुनमा सुगन्ध हुने बताए । नेता सिंहले जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको पनि बताए।