logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ४ वर्षअघिको अभिव्यक्तिलाई लिएर चर्को विरोध भएपछि सोविताले दिईन् स्पष्टीकरण

    ४ वर्षअघिको अभिव्यक्तिलाई लिएर चर्को विरोध भएपछि सोविताले दिईन् स्पष्टीकरण

    1.7K
    Shares
    ४ वर्षअघिको अभिव्यक्तिलाई लिएर चर्को विरोध भएपछि सोविताले दिईन् स्पष्टीकरण

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले एक पुरानो अन्तर्वार्तामा दिएको अभिव्यक्तिप्रति पश्चाताप गरेकी छन्। चार वर्षअघि दिएको अन्तर्वार्तामा बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

    आम नागरिकबाट चर्को विरोध भएपछि गौतमले अन्तर्वार्ताबारे ट्वीटरमा स्पष्टीकरण दिंदै लेखेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’

    अन्तर्वार्तामा गौतमले ‘बलात्कारले महिलाको शरीलाई कुनै हानी नोक्सानी हुँदैन’ भन्नेवाक्य प्रयोग गरेकी थिइन् । त्यसका साथै बलात्कारको विषयमा महिलाहरू धेरै भावुक भएको बताएकी थिइन् ।

    चार वर्ष अगाडि आफूले दिएको अभिव्यक्तिको आशय भने गलत नभएको उनको तर्क छ । तर, अहिले आफ्नो अध्ययन, अनुभवले आफ्नो बुझाइ परिष्कृत भएकोले अहिले उक्त उदाहरण प्रयोग नगर्ने उल्लेख गरेकी छन् । ‘‘मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend