मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश

मुक्तिनाथ विकास बैंकले प्रस्ताव गर्यो लाभांश

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८/७९ को लाभांश प्रस्ताव गरेको छ ।

बैंकको पुस १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १४ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend