बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

झापामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

झापामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१३, चारआली बजारमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–६ की २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हिजो बेलुका करिब साढे ८ बजे ना८ख ३३३६ नम्बरको ट्रकले मे७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend