
काठमाडौं । मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सको वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२१ अन्तर्गत बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको हो ।
दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा बैंकलाई छनोट गरेको हो।
उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend