काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले लाभांश घोषणा गरेका छन् ।
गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंकले चुक्ता पुँजीको १९.११ प्रतिशत लाभांश तथा सिभिल बैंकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् । हिमालयन बैंकले सिभिल बैंकलाई एक्विजेसन गर्ने सम्झौता गरेको छ ।
हिमालयन बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर तथा ११.११ प्रतिशत नगद लाभांश दिन लागेको हो । सिभिल बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर तथा ०.२६ प्रतिशत नगद लाभांश दिन लागेको हो ।