logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • गगन–शेखर समूहबीच एम्बास्डर होटलको छलफल सकियो, जुटेन सहमति

    गगन–शेखर समूहबीच एम्बास्डर होटलको छलफल सकियो, जुटेन सहमति

    1.3K
    Shares
    गगन–शेखर समूहबीच एम्बास्डर होटलको छलफल सकियो, जुटेन सहमति

    काठमाडौं । संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीच अझै समझदारी जुटेको छैन । लाजिम्पाटस्थित होटल एम्बास्डर होटलको छलफल सकिएको छ ।

    कोइराला र थापाबीच होटेल बसेरामा पुनः छलफल गर्ने भन्दै नेताहरु होटल एम्बास्डरबाट बाहिरिएका छन् । बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले आफूहरुको समूहबाट दुई जनाको उम्मेदवारी दर्ता नहुने बताए ।

    कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । मनोनयन दर्ताको समय अगाडि नै समझदारीमा पुग्ने प्रयासमा थापा र कोइराला पक्षका नेताहरु छन् ।

    बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, चन्द्र भण्डारी  हृदयराम धानीलगायत सहभागी थिए ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend