काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग आज (मंगलबार) बिहान भएको छलफलमा थापाले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।
सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षको छलफल भएको थियो ।