logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • शेखरको प्रस्तावमा संसदीय दलको नेतामा लड्दै गगन थापा

    शेखरको प्रस्तावमा संसदीय दलको नेतामा लड्दै गगन थापा

    1.3K
    Shares
    शेखरको प्रस्तावमा संसदीय दलको नेतामा लड्दै गगन थापा

    काठमाडौं । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापा लड्ने भएका छन् । भावी प्रधानमन्त्रीमा थापालाई शेखर कोइरालाले प्रस्ताव गर्ने भएका हुन् ।

    नेता डा कोइरालाले थापाको नाम संसदीय दलको उमेदवारको रुपमा प्रस्ताव गरे भने उपसभापति धनराज गुरुङले समर्थन जनाएपछि उपस्थित करिब ३ दर्जन सांसदले एक मतले समर्थन जनाएका छन् ।

    काठमाडौंमा आज बसेको बैठकले गगनलाई दलका नेताका रूपमा अगाडि बढाउने सहमति गरेको हो । कोइरालाले पनि यसअघि दाबी गर्दै आएका थिए । इतरसमूहमा लामो प्रयासपछि थापाको नाममा सहमति जुटेको हो ।

    सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षको छलफल भएको थियो ।

    यसअघि शेखरले पनि संसदीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए । तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका हुन् ।

    आजै संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन अनुसार मनोनयन दर्ता हुँदैछ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend