काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन्। स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि पुन तीन सातापछि नेपाल फर्किएका हुन्।
उनी चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोञ्झाओ हुँदै अपरान्ह १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए।
उनलाई माओवादी नेताहरू शालिकराम जमकट्टेल, विमला सुवेदी, युवराज दुलाल, सरल सहयात्री पौडेल, डिपी ढकाल, दुर्गा चापागाइँ, अमनलाल मोदी, रन्जित तामाङ र सरल भाटलगायत विमानस्थल पुगेका थिए।
वंशाणुगत जण्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।
उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको थियो।