logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • स्वदेशी रोजगारप्रति युवायुवतीको चासो

    स्वदेशी रोजगारप्रति युवायुवतीको चासो

    1.1K
    Shares
    स्वदेशी रोजगारप्रति युवायुवतीको चासो

    टङ्कीसिनवारी । प्रदेश नं १ सरकारले श्रम बजारमा स्थापित गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको प्राङ्गणमा जारी विराट एक्स्पो २०७९ मा सञ्चालनमा आएको रोजगार मेला स्टलमा युवायुवतीको चासो अत्यधिक देखिएको छ ।

    प्रदेश नंं १ सरकारको उद्योग, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रोजगार सूचना केन्द्रले एक्स्पोमा स्टल राखेर रोजगार मेला २०७९ सञ्चालनमा ल्याएको हो ।

    रोजगार मेलामा खटिएका कर्मचारीलाई स्वदेशमा पाइने रोजगारका बारेमा युवायुवतीको जिज्ञासा सम्बोधन गर्न भ्याइनभ्याइ छ । सामथ्र्य र पहुँच नभएका बेरोजगार युवायुवतीको भिड मेला स्टलमा लाग्ने गरेको छ ।

    योग्यता अनुसारको उपयुक्त उद्योग र व्यापारिक सङ्घ संस्थामा जागिर खानका लागि आवेदन दिनेको सङ्ख्या थेगिनसक्नु छ । रोजगार सूचना केन्द्रका संयोजक ललितकुमार यादवले रोजगारमा लागेर आफ्नै खर्च जुटाएर पढ्न चाहने गरिब, पिछडावर्गका युवायुवतीको भिड मेला स्टलमा लाग्ने गरेको बताए ।

    उनले पैसा नहुने तर काम गर्न चाहने युवायुवतीको लागि रोजगार सूचना केन्दले बायोडाटा बनाउनेदेखि अन्र्तवार्तासम्मको तयारी निःशुल्क गराउने बताए । रोजगार मेला सञ्चालनमा रहेको थाहा पाएर धनपालथान–१ का शिवनन्दन मण्डल रोजगारीका लागि एक्स्पोमा आवेदन दिन आएका थिए । उनले बेरोजगार युवायुवतीका लागि स्वदेशमा नै रोजगारी उपलब्ध गराउने गरी प्रदेश सरकारले सञ्चालन गरेको कदमको प्रशंसा गरे ।

    उद्योग सङ्गठन मोरङका उपाध्यक्ष एवं प्रचारप्रसार संयोजक नन्दकिशोर राठीले प्रदेश सरकारको रोजगार मेलाले बेरोजगार युवायुवतीलाई व्यापक आकर्षित गरेको बताए । क्षमतावान युवायुवती वैदेशिक रोजगारीमा पलायन भइरहेको बेला रोजगार सूचना केन्द्रले स्वदेशमा नै रोजगारका लागि सहजकर्ताको भूमिका खेलेको राठीले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend