काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिनेछ । बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन ।
यसले नियामकले तोके अनुसार पुँजी कोष कायम राख्न नसक्दा लाभांश वितरणबाट वञ्चित भएको हो ।