
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् ।
संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् ।
उनले भने, ‘सरकारमा अरु साथीहरू जानुहुन्छ । म त फेरि संसदीय दलको नेता हुन कोसिस गर्छु । योभन्दा बाहेक सरकारमा जाने अहिले गर्नु हुन्न, म गर्दिनँ ।’
काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा विजयी भएका छन् । बुधवार संसदीय दलको नेताका लागि काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा प्रधानमन्त्री देउवा विजयी भए ।
पार्टी सभापति देउवाले ६४ मत प्राप्त गर्दा महामन्त्री थापाले २५ मत प्राप्त गरे । संसदीय दलको नेताका लागि भएको चुनावमा ८९ जना सांसदले नै सहभागी जनाएका थिए । नेपाली काँग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले भने
अस्पतालबाट नै भोट हालेकी थिइन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend