काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरेको छ। सचिवालयले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेको हो।
बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यतालिका छ। त्यसअगावै १२ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइएको हो।