logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • हुस्सु–कुहिरो लागेका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

    हुस्सु–कुहिरो लागेका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

    1.6K
    Shares
    हुस्सु–कुहिरो लागेका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित

    काठमाडौं । हुस्सु–कुहिरो लागेका कारण आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण प्रभावित भएका छन् । भिजिबिलिटी कम हुँदा बाह्य र आन्तरिक दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

    उनका अनुसार अवतरण हुन नसकेका केही विमानलाई डाइभर्ट गरिएको छ । भारतको मुम्बईबाट आएको विस्तारा र नयाँदिल्लीबाट आएको इण्डिगो एयरका विमानहरुले काठमाडौंको आकाशमा फन्को लगाइरहेका छन् ।

    मौसममा सुधार आएपछि नियमितरुपमा उडान अवतरण हुने महाप्रबन्धक ठाकुरले बताए । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार बिहानको बेला बाक्लो हुस्सु र कुहिरो लागे पनि अब विस्तारै हट्ने क्रममा रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend